ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च

१६ मंसिर, एजेन्सी ।
विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन्।

यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ।

जैविक विविधताको भण्डारमा क्षति

Advertisement

अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातिय समुदायको बसोबास छ। पछिल्ला आँकडाहरूले त्यहाँ अघिल्लो १२ महिनाको तुलनामा साढे नौ प्रतिशतले वन विनाश भइरहेको देखाएको छ।

अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको देशको अन्तरिक्ष निकाय आइएनपीइ ले जनाएको छ। आइएनपीइ ले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर को जङ्गल सखाप भएको देखिएको छ।

Advertisement

अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ।

अमेजनको वन विनाश

वैज्ञानिकहरूका अनुसार ब्राजिलमा सन् २०१९ को ज्यानुअरीमा राष्ट्रपति जइर बोल्सोनारुले पद सम्हाले यता त्यहाँको विनाश झन् तीव्र भएको छ।

बोल्सोनारुले विश्वकै सबभन्दा ठूलो जङ्गल क्षेत्रमा कृषि तथा खानीका क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्दै आएका छन्। बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यान भन्छन् वस्तु चरण तथा भटमास खेतीका निम्ति जङ्गल मासिएका छन्।

गत वर्ष त्यहाँ प्रत्येक एक मिनेटमा एउटा फुटबल मैदान जत्रो भूभाग खाली गराइएको पाइएको उनले बताए। यो रफ्तार अहिले झनै बढेको बताइन्छ। शुकम्यान भन्छन् बोल्सोनारु विकासको वाचा गर्दै निर्वाचित भएका थिए। उनी खानी तथा कृषिको प्रबर्धनमा केन्द्रीत छन्।

तर वातावरण वैज्ञानिकहरू भन्छन् त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुनसक्छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top