मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माणका लागि अध्ययन सुरु

१६ मंसिर, काठमाडौं । सरकारले मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न अध्ययन सुरु गरेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणका लागि अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

परामर्शदातालाई सुख्खा बन्दरगाहको भौगोलिक अवस्था पहिचान गर्ने, बन्दरगाह निर्माणका लागि प्रारम्भिक खाका र लागत अनुमान गर्ने जिम्मेवारी तोकिएको छ ।

Advertisement

यस्तै कोरला क्षेत्रको व्यापारको आकार, शीपमेन्ट तथा ट्रक ढुवानीको पाँच, दश र २५ वर्षे पूर्वानुमान पनि अध्ययनबाट प्राप्त हुने विकास समितिले जनाएको छ । बन्दरगाहको वित्तीय तथा आर्थिक खाका र विस्तृत इन्जिनियरिङ अध्ययनका लागि कार्यादेश पनि प्राप्त हुने जनाइएको छ ।

पूर्वाधार बनाएर नेपाल–चीन व्यापार सम्भावनाबारे अवलोकन गर्न गत महिना परराष्ट्र र वाणिज्य मन्त्रीसहितको टोलीले कोरलाको स्थलगत अवलोकन गरेको थियो । अवलोकनपछि मन्त्री ज्ञवालीले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने बताएका थिए ।

Advertisement

नेपालले परम्परागत रुपमा व्यापार गर्दै आएको यो नाका कोरोना संक्रमण सुरु भएपछि गत माघ महिनादेखि बन्द छ । आफ्नो भूमितर्फ चीनले केही वर्षअघिदेखि नै व्यापार पूर्वाधार निर्माण गरिसकेको छ ।

रसुवागढी र तातोपानी नाकाबाट नेपालले चीनसँग व्यापार गर्दै आएको छ । तातोपानी सुख्खा बन्दरगाह भएरै नेपालले व्यापार गरिरहेको छ भने चिनियाँ सहयोगमा रसुवागढीमा पनि सुख्खा बन्दरगाह निर्माणको काम जारी छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top