सभा, जुलुस र प्रदर्शन नगर्न/नगराउन काठमाडौं प्रशासनको आग्रह

१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।

कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।

पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।

Scroll to Top