×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

किम जोङ उनले कोरोनाविरुद्ध चिनियाँ भ्याक्सिन लगाएको अमेरिकी विज्ञको दाबी

१६ मंसिर २०७७

१६ मंसिर, एजेन्सी ।
उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोना विरुद्धको भ्याक्सिन लगाएको एक अमेरिकी विशेषज्ञले दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ।

दुई जापानी जासुसलाई उद्धृत गर्दै अमेरिकाको वासिङ्टनमा रहेको सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका दक्षिण कोरिया विज्ञ ह्यारी काजिएनिसले किमसँगै उत्तर कोरियालका उच्च अधिकारीहरुले हालै उक्त भ्याक्सिन लगाएको दाबी गरेका हुन्।

Advertisement
Advertisement

उनले किमका परिवारका सदस्यहरुले पनि भ्याक्सिन लगाएको बताएका छन्। ह्यारीले किमलाई दिइएको भ्याक्सिन कुन कम्पनीले निर्माण गरेको हो भन्ने विष्य नखुलेको र त्यो भ्याक्सिन सुरक्षित भएको प्रमाणित भइनसकेको समेत बताएका छन्।

ह्यारीले अनलाइन आउटलेट ‘१९फोर्टीफाइभ’ मा एक लेख लेखेर उक्त दाबी गरेका हुन्। उक्त लेखमा उनले तीनवटा चिनियाँ कम्पनीहरुले भ्याक्सिन बनाइरहेको बताएका छन्।

अमेरिकाका मेडिकल वैज्ञानिक पिटर जे होटेचलाई उद्धृत गर्दै उनले सिनोभाक बायोटेक, कामसिनोबायो र सिजोफर्मा ग्रुपमा भ्याक्सिन निर्माण गरिरहेको उल्लेख गरेका छन्।

यी सबै भ्याक्सिन हाल परीक्षण चरणमा नै छन्। उत्तर कोरियाले भने उक्त दाबीको बारेमा केही बताएको छैन। उत्तर कोरियाले हालसम्म आफ्नो भूमिमा कोरोनाभाइरस संक्रमण देखिएको सार्वजनिक गरेको छैन।

Advertisement
Advertisement

उत्तर कोरियाली अधिकारीहरुले आफ्नो देश संक्रमणबाट मुक्त रहेको दाबी गर्दै आएका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top