खुल्न थाले एचआइभी सङ्क्रमित

१६ मंसिर ७७, बुधबार

२६  मंसिर, बाग्लुङ ।

आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन । धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण सङ्क्रमितहरु खुलेर आउन थालेका हुन् ।

एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

Advertisement

“एआरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भने “सङ्क्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।” सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आएको छ । सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्याङक अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना सङ्क्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताए । जिल्लामा हालसम्म ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

Advertisement

हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटीभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका सङ्क्रमितलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि सङ्क्रमितहरु खुल्न थालेको एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिए । नेपालमा सङ्क्रमितको सङख्या ३१ हजार २० रहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top