नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिने

१६ मंसिर ७७, बुधबार

१६ मंसिर, राँझा ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रुपमा विकास गरिने बताएका छन् । नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको आज उद्घाटन गर्दै उनले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताए । “दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको छ”, उनले भने, “नेपालगञ्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ ।”

मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तीमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगञ्ज विमानस्थल पुगेको बताए । सो पार्किङ क्षेत्रको निर्माण कार्य रु २८ करोड ५३ लाखको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगञ्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।

Advertisement

“नेपालगञ्ज विमानस्थललाई अहिले प्रस्तुत गरेको गुरुयोजनामा टर्मिनल भवन, रनवे मर्मत र अरु भौतिक तथा प्राविधिक सुविधा थप्दा जग्गा अधिग्रहणबाहेक सरकारले नेपालगञ्ज विमानस्थलमा करिब रु चार अर्ब लगानी गर्दैछ । यो नेपालगञ्जप्रतिको सरकारको अपार विश्वास हो”, मन्त्री भट्टराईले भने, “यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगञ्जलाई दिएको महत्व र सद्भावको विषय पनि हो ।”

उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज शहरको महत्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगञ्जवासीलाई आग्रह गरे । “नेपालगञ्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानी भन्दा कम चर्चामा छैन । त्यस हिसाबले नेपालगञ्जको महत्व कम भएको छ जस्तो भलाई लाग्दैन”, मन्त्री भट्टराईले भने “किन कि यहाँबाट हुनसक्ने दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्रलगायतका कारण यहाँको महत्व कम भएको छैन् ।”

Advertisement

सो अवसरमा प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य महेश्वरजङ्ग गहतराज, प्रदेश सभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष आइपी खरेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरलगायतले नेपालगञ्ज विमानस्थलको महत्व र यसको उपयोगिताका विविध पक्षमाथि प्रकाश पारेका थिए ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top