न्यूरो अस्पतालमा १७५० मै पीसीआर परीक्षण

१६ मंसिर ७७, बुधबार

१७ मंसिर, विराटनगर ।

विराटनगरस्थित न्युरो कोभिड अस्पतालले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अस्पतालले सबै प्रकारको शुल्क जोडेर १७५० मै पीसीआर परीक्षण गर्न थालेको जानकारी दिएको छ ।

यस अघि न्यूरो अस्पतालले २ हजार रुपैयाँमा परीक्षण गर्दै आएको थियो । सवै विरामीलाई स्वास्थ्यको पाँहुच पु¥याउने उद्येश्यले पीसीआर परीक्षणमा शुल्क घटाएको अस्पतालले  जनाएकाे छ।

Advertisement

अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना सम्म पीसीआर परीक्षण गराउनेहरु आउने गरेका अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुरेसकुमार आचार्यले जानकारी दिए।  कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने व्यवस्था मिलाएपछि कोरोनाको उपचारमा थप सहज भएको आचार्यले बताए ।

अस्पतालले ४२ वटा जनरल बेड, ७ वटा आइसीयू तथा २ वटा भेन्टिलेटरबाट सेवाको शुरु गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top