बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितताको माग गर्दै डुबान प्रभावितहरू धर्नामा

१६ मंसिर ७७, बुधबार

१७ मंसिर, गोरखा । बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितताको माग गर्दै बूढीगण्डकी डुबान प्रभावितहरू धर्नामा बसेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिको आह्वानमा डुबान प्रभावितहरुले बुधबारदेखि रिले धर्ना सुरु गरेका हुन् ।

Advertisement

आयोजनाको गोरखाको सिउरेनीटारको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना एकाइको कार्यालयमा धर्ना सुुरु गरिएको हो । रिले धर्ना आउँदो मङ्सिर २४ गतेसम्म जारी रहने सरोकार समितिका सदस्य हरि सिंखडाले बताए ।

आयोजनाको मोडालिटीबारे छिटो निर्णय गरी निर्माणको काम सुरु गर्न, घर, गोठ, फलफुल तथा बोटविरुवाको मुआब्जा रकममा कर छुट दिन, यसअघि मुआब्जा वितरणका क्रममा लिइएको पुँजीगत लाभकर फिर्ता गर्न डुबान प्रभावितले माग गरेका छन् ।

Advertisement

यस्तै डुबान प्रभावितहरूको पुनर्वास र पुनर्स्थापनाको ग्यारेण्टी गर्नुपर्ने, डुबान क्षेत्र समेटेर बनाउने भनिएको क्रमपथ निर्माणको काम तत्काल सुरु गर्नुपर्ने, सार्वजनिक स्कुल, कलेज, सङ्घ संस्थाहरुको भौतिक संरचनाको पनि मुआब्जा वितरण गर्नुपर्ने पनि आयोजना राष्ट्रिय सरोकार समितिले माग राखेको छ ।

यसअघि निर्धारण गरिएको मुआब्जा रकममा पुनरावलोकनका लागि गृह मन्त्रालयमा दिइएको निवेदनबारे अहिलेसम्म कुनै सुनुवाइ नभएकोमा पनि डुबान प्रभावितले असन्तुष्टि जनाउँदै आएका छन् ।

Advertisement

मुआब्जा निर्धारणकै क्रममा जिल्ला मुआब्जा निर्धारण समितिले डुबान प्रभावितका माग सम्बोधन हुने गरी मन्त्रिपरिषदमा सिफारिस गरेर पठाएका बुँदा कार्यान्वयनको काम नै सुरु नभएको, डुबानमा परेकाको रोजगारीको सुनिश्चितता नभएको लगायतका विषयमा पनि उनीहरुको असन्तुष्टि छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top