१७ मंसिर, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताएका छन् । उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताए ।
धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन । क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको उनले बताए । मन्त्री घिमिरेले क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि आग्रह गरे ।
जिल्ला स्तरबाट सेवा शुरु भएको जानकारी स्थानीय स्तर सम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको वहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवस्यक रहेकोमा जोड दिए । पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उनले बताए ।
मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको बताए । चालु आर्थिक बर्ष भित्रमा धनकुटा जिल्ला अस्पतालाई १ सय वेडमा स्तरोन्नती गरिने उनले बताए ।
पाठेघरको मुखको नि ः शुल्क परीक्षण शुरु गरेकै दिन बुधबार ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उनले बताए । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताए । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक यो सेवा सुरु गरिएको हो ।