नेकपा विवादको अबको बाटो के होला ?

१७ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको विवाद कुनै नयाँ होइन । तर हरेक दिनका नेकपाका नेताका अभिब्यक्ति र पार्टी बैठकहरुले नयाँ मोडहरु सृजना गरिरहेका छन ।

मंगलबार बसेको नेकपा सचिवालय वैठकमा दुई अध्यक्षबीच भएको बाझा बाझपछि आज बुधबारका लागि तय भएको वैठकमा प्रधानमन्त्री समेत रहेका एक अध्यक्ष केपी शर्मा ओली गएनन् । यसबाट उत्कर्षमा पुगेको नेकपाको आन्तरिक कलह मत्थर हुने संकेत नै देखिएको छैन । आन्तरिक विवाद समाधानका लागि वैठकमा छलफल पछि समाधान हुने संकेत देखिएकै बेला प्रधानमन्त्री समेत रहेका ओली नै वैठकमा नगएपछि फेरि औपचारिक संवाद केहिदिनका लागि टुंगिएको छ । पार्टी विभाजनको संघारमा पुगेको चर्चा भइरहँदा बालुवाटारमै बस्ने तय भएको बुधबारको वैठक ओली नआएपछि केहि मिनेटमै स्थगित भयो । बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए । तरपनि ओली वैठकमा नआएपछि सचिवालयको अर्को बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ । सचिवालय बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ । मंगलबारको बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो । कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका हुन । मङ्सिर १३ गतेको बैठकमा अध्यक्ष ओलीले पनि प्रस्ताव पेश गरे । मङ्गलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु त भयो तर अध्यक्ष दाहालले प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताए । प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत सचिवालय सदस्यहरूको अडान रहेको छ । यसरी तत्कालका लागि औपचारिक संवाद टुंगिएपछि नेकपाभित्रको विवाद मिल्ने हो कि झनै तन्किने हो थप अन्यौलता सिर्जना भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top