×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बैठक स्थगन गरेर नेकपाका दुवै समूह शक्तिसंचयतिर

१८ मंसिर २०७७

काठमाडौँ : आन्तरिक विवाद निर्णायक विन्दुमा पुगेपछि नेकपाका दुवै समूह शक्तिसंचयतिर लागेका छन् । शक्तिसंचयका लागि दुवै समूह तीन दिन बैठक पछाडि सार्न तयार भएका छन् ।

पार्टीभित्र आफूले उठाएको मुद्दा सम्बोधन नभएपछि र सम्भावित समीकरणमा अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बहिस्कारको रणनीति अंगीकार गरेका छन् । बुधबार सचिवालय बैठक बहिस्कार गरेर ओलीले आफू अनुकूलको सहमति नभएसम्म आगामी बैठकमा पनि यही शैली अपनाउने रणनीति अंगीकार गरेर अर्को समूहमाथि दबाब बढाएका छन् । यसअघि पनि आफूमाथि पार्टी कमिटीबाट दबाब हुँदा प्रधानमन्त्री ओलीले बैठकबाट दूरी बनाउँथे ।

Advertisement
Advertisement

हुन त प्रधानमन्त्री ओली सहभागी नभए पनि बुधबारको बैठक औपचारिक बनेको छ । तर, बैठकले त्यस्तो महत्वपूर्ण र ठूलो निर्णय भने केही गरेको छैन । बुधबारको बैठकमा मुख्य तीन वटा निर्णय भएका छन् ।

पहिलो–२० गते १ बजेका लागि सचिवालय बैठकको मिति तय

दोस्रो–उक्त बैठकमा अध्यक्ष ओलीलाई उपस्थित हुन आग्रह गर्ने

तेस्रो–मंसिर १८ लाई तय भएको स्थायी कमिटी बैठक २१ सम्मलाई सार्ने निर्णय भएको छ ।

यो निर्णय प्रक्रियामा ओली निकट नेता महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल पनि सहभागी थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौं ।’

स्रोतका अनुसार महासचिव पौडेलले एक दुई दिन बैठक स्थगित गरेर संवाद गरेर अर्को बैठक प्रधानमन्त्रीसहित बस्ने वातवरण बनाउने कोसिस गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए । महासचिवको आग्रहअनुसार दाहालले सचिवालय बैठक २० गते र १८ गते तय भएको स्थायी कमिटी बैठक २१ गते बस्ने प्रस्ताव अगाडि सारेका थिए । पछि त्यहीअनुसार नै निर्णय भएको थियो ।

तर, यसका पछाडि कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पनि आफ्नै योजना रहेको स्रोत बताउँछ । दिउँसोको सचिवालय बैठक अगाडि खुमलटारमा कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र वामदेव गौतमबीच छलफल भएको थियो । ओली सहभागी नभए सचिवालय बैठक कसरी अगाडि बढाउने, केही दिन स्थगित गरेर थप तयारीमा लाग्ने लगायतका विषयमा नेताहरुबीच छलफल भएको थियो ।

स्रोत भन्छ,‘बैठक तीन दिन सारेर दाहाल नेपाल समूहले आफुहरु लचक भएको सन्देश त दिएकै छन्, यसबाहेक यो समयमा आफ्नो तर्फबाट गर्नुपर्ने तयारी पनि पूरा गर्ने रणनीति पनि छ ।’ यसअघि नै दाहालले मंगलबारको सचिवालय बैठकमा अवको स्थायी कमिटी बैठकमा परिमार्जित वा पुरक प्रस्ताव ल्याउने बताइसकेका छन् ।

मंगलबारको सचिवालय बैठकमा ओलीले केही दिन बैठक स्थगित गरेर अनौपचारिक संवाद अगाडि बढाउन खोजेका थिए । तर, उनको चाहनाविपरीत अनौपचारिक बैठक बसेर दाहाल–नेपाल समूहले स्थायी कमिटी र सचिवालय बैठकको मितिमा हेरेफेर गरेका छन् । उनीहरुले यो बैठक ओलीलाई अन्तिम मौका दिएको रुपमा अर्थ्याएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेस गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता खनालले बताए । अब तय भएको बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि समय उपलब्ध गराउने गरी बैठक केही दिन पछाडि सारिएको नेता खनालको भनाइ छ । यद्यपि यसबीचमा दुवै समूहबीच अनौपचारिक संवादको पनि कोसिस हुने उनले बताए ।

आसन्न बैठकको तयारीबारे पार्टी प्रवक्ता श्रेष्ठले समेत संकेत गरेका छन् । ‘पार्टी गम्भीर संवेदनशील मोडमा छ । असामान्य परिस्थितिमा संवेदनशील विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षामात्र होइन विश्वस्त छौं । उहाँले बैठकमा सहभागी भएर संकट निवारण गर्न सार्थक योगदान गर्नुहुनेछ भन्ने विश्वास गर्छौँ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि भनेका थिए ।

Advertisement

गत साउनमा पनि विवाद हुँदा ओलीको सहमतिबिना बहुमत सदस्यले बालुवाटारमा नै स्थायी कमिटी बैठक बसेर निर्णय गरेको थियो । उक्त बैठकमा सचिवालयका पाँच नेता सहभागी थिए । त्यतिबेला पनि प्रधानमन्त्रीले प्रेस सल्लाहकारमार्फत बैठक स्थगित भएको सूचना सार्वजनिक गरेर र बैठकमा उपस्थित नजनाएर आफ्नो तर्फबाट कदम चालेका थिए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top