×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै

१८ मंसिर २०७७

काठमाडौं : विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ ।

सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पुरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ । चिनीयाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ । त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ ।

चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ । चिनीयाँ नेतृत्वले खोपको सफलतापूर्बक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन् । खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ ।

चिनीयाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउनुहुन्छ । महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो । तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो । वेइजिंगको खोप कुटनीतिले पुनः एकपटक अवसर दिएको हुआंग बताउनुहुन्छ ।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर खोप विकासकत्र्ताले नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ । चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ । बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिबद्धता गरेको छ ।

वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

क्यानसिनो बायोलोजिक्सले मेक्सिकोलाई तीन करोड ५० लाख डोज खोप दिने सम्झौता गरेको छ । चिनीयाँ सेनाको अनुसन्धान इकाईले उक्त खोप विकास गर्दैछ ।

चीनको सरकारी स्वामित्वको नेशनल फर्मास्युटिकल्स ग्रुप(सिनोफार्म) को इकाई नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले खोप आपूर्तिको सम्झौताका लागि कम खुलेको छ । सीएनबीजीको दुईवटा खोप विभिन्न दश राष्ट्रमा तेस्रो चरणको परीक्षणमा छन् । अधिकांश मध्यपूर्ब र दक्षिण अमेरिकी राष्ट्र छन् ।

Advertisement

यूएईका शासक शेष मोहम्मद बिन राशिद अल मख्तौम समेत उक्त खोपको ट्रायलमा स्वयंसेवीको रुपमा सहभागी हुनेछ । उक्त खोप आकस्मिक प्रयोगका लागि अनुमति समेत पाइसकेको छ । एमिराती कम्पनीले सिनोफार्मसँगको समन्वय र साझेदारीमा सात करोड पचास लाखदेखि एक अर्ब डोज खोप उत्पादन गर्ने अपेक्षा गरेको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा इश्वरचन्द्र झाले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top