Nepal Times
Nepal Times
3
Shares

‘डिसेम्बर फल्स’ मा उपासना

‘डिसेम्बर फल्स’ मा उपासना

१८ मंसिर, काठमाडौं । निर्माण हुन लागेको नेपाली चलचित्र ‘डिसेम्बर फल्स’का लागि अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् ।

अभिनेता आर्यन सिग्देलसँग पर्दामा रोमान्स गर्न लागेकी उनले ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी हुन । भारतीय चलचित्रकर्मी प्रवीण झाले निर्देशन गर्ने उक्त फिल्म सस्पेन्स लभस्टोरी हो । फिल्ममा कलाकार सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन । चलचित्र भारतीय छायाँकार रबि नायडुले खिच्नेछन । फिल्मको कथा बिपीका खनालले लेखेकी हुन भने पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन । माघ ४ गतेदेखि फिल्म युनिट छायाँकनका लागि निस्कनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.