×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’

२० मंसिर २०७७

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए।

सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले गोयलले रअ प्रमुखका रूपमा नभई भारतका प्रधानमन्त्रीको दूतका रूपमा नेपाल भ्रमण गरेको पनि बताए। ‘नाकाबन्दीका बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले भारतको भ्रमण गरेको होइन र ? परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘दुई देशका सरकारबीच औपचारिक संवाद नभइरहेका बेला कूटनीतिमा व्यापारिक, धार्मिक मान्छे प्रयोग हुने गरेको छैन र ?’

Advertisement
Advertisement

रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए।

Advertisement
Advertisement

परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र भएको पनि बताए। विपक्षी कांग्रेसका प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद संवेदनशील भएको भन्दै प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए। ०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको हवाला दिएर चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले दाबी गरे।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top