विज्ञको अनुमान : ‘६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्छ’

२० मंसिर ७७, आइतबार

काठमाडौँ : कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्घको खोप लगाउनुपर्ने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप विकास नभएसम्म सामाजिक दूरी कायम राखी मास्क लगाउने, साबुनपानीले हात धुने, हावा ओहोरदोहोर हुने ठाउँमा बस्नेलगायत जनस्वास्थ्यका उपाय अपनाउन सुझाव दिँदै आएको छ ।

‘त्यस्ता जनस्वास्थ्य उपायबिनै महामारी रोक्न न्यूनतम ९० प्रतिशत प्रभावकारी खोप ६० देखि ७० प्रतिशतलाई लगाउनुपर्छ,’ कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले भने, ‘तर खोपले गर्दा आम व्यक्तिको शरीरमा उत्पन्न हुने संक्रमणविरुद्घको रोग प्रतिरोधक क्षमता कति समयसम्म रहन्छ, त्यो अहिले भन्न सकिँदैन ।’ नेपालमा ७० प्रतिशतले खोप लगाए करिब २ करोड १० लाख जनाले त्यो सुविधा पाउनेछन् । सरकारले जोखिम समूहमा रहेका र अन्यलाई खोप दिने नीति लिएको छ । कोरोना नयाँ भाइरस भएको तथा संक्रमण सुरु भएको वर्ष दिन नाघेकाले जानकारी र अनुसन्धान अभावले खोपको कभरेज कति हुनुपर्छ भन्ने यकिन जवाफ दिन मुस्किल रहेको डा. उप्रेतीको भनाइ छ ।

विज्ञहरूका अनुसार करिब ७० प्रतिशत मानिसमा खोप दिँदा संक्रमण मात्र रोकिन्न मृत्युदरमा समेत कमी आउँछ । ‘रणनीतिक रूपमा प्रक्रिया पुर्‍याएर खोप लगाइयो भने सबैलाई खोप लगाउनु पर्दैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘हाम्रो उद्देश्य कोभिड संक्रमणको कडी तोड्नु हो । जोखिममा रहेका समूहलाई खोप लगाएर संक्रमणको विस्तार रोक्न सफल रह्यौं भने पूरै जनसंख्यालाई खोपको आवश्यकता हुन्न ।’ निश्चित संख्यामा भ्याक्सिनेसन गर्दा ठूलो समुदायमा भाइरसको प्रसारमा कमी आउने विज्ञको भनाइ छ । ‘खोप लगाउने व्यक्तिहरू मिलेर ठूलो स्तरमा समुदायलाई सुरक्षित गर्ने यो प्रक्रियालाई हर्ड इम्युनिटी भन्छौं,’ डा. ठाकुरले भने, ‘सामान्य भाषामा धेरैजसो व्यक्तिको शरीर भाइरससँग लड्ने स्थितिमा आउनु हर्ड इम्युनिटी हो ।’

Advertisement

स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार हाल सरकारको लक्ष्य सबै नेपालीलाई खोप दिने भए पनि १५ वर्षमुनिका बालबालिकामा खोप परीक्षणको निष्कर्ष नआएकाले उक्त समूह तत्काल खोप लगाउनुपर्नेमा परेन । मुलुकमा हाल ५५ वर्षभन्दा माथि उमेर समूहमा कोभिडको मृत्युदर धेरै देखिएको छ ।

तत्काल उपलब्ध हुने खोपमा सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीहरू छन् । यसपछि ५५ वर्षमाथिका र ४० देखि ५४ वर्षका दीर्घरोगी, अग्रपंक्तिमा काम गर्ने सामाजिक कार्यकर्ता छन् । जोखिम समूहलाई खोप दिएर कोभिडबाट प्रतिरोधी बनाउने प्रयास रहने डा. उप्रेतीले बताए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top