×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बौद्धिक सम्पत्तिको प्रयोग गरेबापत बाहिरियो १ अर्ब

२१ मंसिर २०७७

काठमाडौँ : टे«डमार्क, पेटेन्ट, डिजाइनजस्ता बौद्धिक सम्पत्तिको प्रयोगबापत नेपालबाट ठूलो रकम बाहिरिन थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामै बौद्धिक सम्पत्तिको प्रयोग गरेबापत एक अर्ब २० करोड रुपियाँ नेपालबाट विदेश गएको छ । गत आवको सोही अवधिसम्म छ करोड ५० लाख रुपियाँ नेपालबाट बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

खासगरी विदेशका चर्चित ब्रान्डहरूको उपयोग गर्दा त्यसको रोयल्टी सम्बन्धित देशको कम्पनीलाई भुक्तानी गर्नुपर्ने हुन्छ । नेपालबाट यस्तो रोयल्टीमध्ये अधिकांश हिस्सा टे«डमार्ककै उपयोगबापत बाहिरिन्छ । नेपालमा बलियो उपस्थिति भएका बहुराष्ट्रिय कम्पनीहरूले कानुनमा भएको सुविधा प्रयोग गर्दै पछिल्लो समय टे«डमार्कको समेत रोयल्टी लैजान थालेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले प्रविधि हस्तान्तरणअन्तर्गत पर्ने यस्ता बौद्धिक सम्पत्तिको लगानीबापत रोयल्टी फिर्ता लैजानसक्ने व्यवस्था गरेको छ । ऐनको दफा २० को उपदफा २ (घ) ले प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत प्राप्त लाभ (रोयल्टी)बापतको रकम विदेशी लगानीकर्ताले लैजान सक्ने उल्लेख गरेको छ । यद्यपि ‘शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको टे«डमार्क उपयोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभबापतको रकम प्रचलित करबाहेकको कुल बिक्री मूल्यको तोकिएबमोजिमको ५ प्रतिशतभन्दा बढी नहुने’ ऐनमा प्रस्ट उल्लेख छ ।

Advertisement
Advertisement

बौद्धिक सम्पत्तिको उपयोग र त्यसको रोयल्टी फिर्ता सम्बन्धमा अघिल्लो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को तुलनामा परिमार्जित पछिल्लो ऐनले स्पष्ट व्यवस्था गरेका कारण पनि लगानीकर्तालाई रोयल्टी फिर्ता लैजान थप सहयोग पुगेको देखिन्छ ।

Advertisement

राष्ट्र बैङ्कका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ कार्यान्वयनमा आएको आर्थिक वर्ष अर्थात् २०७५/७६ को पहिलो तीन महिनामा मात्रै १० करोड ४७ लाख रुपियाँ बौद्धिक सम्पत्तिको प्रयोगबापत बाहिरिएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top