×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026

बढ्दै सम्बन्ध विच्छेद : ७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

२१ मंसिर २०७७

२१ मंसिर, गुल्मी ।

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा शनिबार सम्बन्ध विच्छेद गरेका हुन् ।

Advertisement

आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् ।

यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए । “बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो”, तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने ।

“दुई/चार वर्ष बाच्दासम्म किन सधैँभरि झगडा र कचकच गरेर बस्ने ? कान सुन्दैनन्, एउटा कुरा गर्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर कचकच गरेर बस्नुभन्दा कानूनी रुपबाटै डिभोर्स गर्ने सोच बनाए”, बाटुलीले भनिन् ।

गुल्मीमा आजभोलि सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै जान थालेका छन् । गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना यो पहिलो हो । “यसअघि ५५ वर्षसम्मका जोडीबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दा आउने गर्दछन् तर सम्भवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो”, जिल्ला अदालत गुल्मीका तहसिलदार दीपेन्द्रकुमार तीवारीले भने ।

नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म ५४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २६ फस्र्यौट भइसकेको तहसिलदार तिवारीले जानकारी दिए ।

विशेषगरी अदालतमा सम्बन्धविच्छेद, अंश, गाली बेइज्जती, कर्तव्य ज्यान, जबरजस्ती करणी, माना चामल, बहुविवाह, सवारी ज्यान, लेनदेनलगायत मुद्दा दर्ता हुने गरेको उनको भनाइ छ ।

सम्बन्धविच्छेदका लागि उजुरी गर्ने अधिकांश २२/२५ वर्ष कमका महिला भएको उनले बताए । कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाईजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतले जनाएको छ ।

“पछिल्लो समय अंशसहितभन्दा अंश नलिई सम्बन्ध विच्छेद गर्ने प्रवृति बढेको देखिन्छ”, उनले भने, “उजुरीकर्ता पुरुष पनि बढेका छन् ।” अदालतमा आएका अन्य मुद्दामा पनि महिला वादी पक्ष बढी भएको उनको भनाइ छ ।

अदालतले असहाय, गरिब, पीडितलगायत पक्षका लागि लिखत निःशुल्क लेखिदिने व्यवस्था मिलाएको छ । आर्थिक अभाव भएका र कानुन व्यवसायीको पहुँचमा नरहेका पीडित पक्षका लागि दस्तुर दाखिला, मुद्दा सकार, अधिकृत वारेसनामा, मुद्दा मुतलबी राखीपाउँलगायत लिखत अदालतले निःशुल्क लेखिदिने गरेको छ । कानुनी ज्ञानको अभावमा जिल्लाका अधिकांश बासिन्दा तारेख, प्रतिउत्तर म्याद, हदम्याद, पुनरावेदन म्यादलगायतबारे बेखबर छन् ।रासस

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top