कौशलटारमा कार दुर्घटनाः २५ वर्षीय युवतीको मृत्यु

२१ मंसिर ७७, आइतबार
Share this
685shares

२१ मंसिर, काठमाडौं ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंका लागि छुटेको बा ८ च ४७५६ नम्बरको कार राति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो । कार कसले चलाएको र कति जना थिए भन्नेबारे केही खुलेको छैन ।

Advertisement

ज्यान गुमाएकी युवतीलाई कारभन्दा बाहिर बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top