आज दिउँसो १ बजे नेकपा स्थायी कमिटिको बैठक बस्ने

२० मंसिर ७७, आइतबार

२१ मंसिर, काठमाडौं ।
आज दिउँसो १ बजे नेकपा स्थायी कमिटिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा भने बैठकमा सामेल हुने या नहुने अझै अनिश्चित छ। शनिबारको सचिवालय बैठकमा ओलीको प्रस्तुति हेर्दा उनी आइतबारको स्थायी कमिटि बैठक सामेल हुने सम्भावना निकै कम छ।

तर ओली निकट नेता सुवास नेम्वाङले भने ओली बैठकमा सामेल हुने दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले बैठकमा सामेल हुँदैन भनेर कहिल्यै नभनेको बताए।

Advertisement

आइतबारको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ। स्थायी कमिटि बैठकमा समस्या समाधानका लागि कार्यदल गठन हुने सम्भावना पनि छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top