१२ गते भारत हिँडेका साउद मृत भेटिए

२० मंसिर ७७, आइतबार

२१ मंसिर, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउद मृत अवस्थामा भेटिएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार गएको १२ गते कामका लागि भारत जाने भन्दै साउद घरबाट हिँडेका थिए। आज कुहिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले साउदको मृत्युबारे छानबिन सुरु गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top