पक्राउ परे ‘विप्लव’ समूहका नेता गणेश

२१ मंसिर, कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले कपिलवस्तुकोे शिवराज नगरपालिका–२ हल्लानगरबाट नेकपा विप्लव समूहका जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिका नगर कमिटी सचिव ३९ वर्षीय गणेश थारुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । पक्राउ परेका थारुको साथबाट विप्लब समूहसँग सम्बन्धित विभिन्न दस्तावेज बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका थारुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top