२१ मंसिर, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकाे राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको हो ।



