×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज

२१ मंसिर २०७७

२१ मंसिर, एजेन्सी ।

भारतले अष्ट्रेलियासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । आइतबार सिड्नी क्रिकेट मैदानमा दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो ।

Advertisement
Advertisement

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतलाई अन्तिम ओभरमा जितको लागि १४ रन आवश्यक परेको थियो ।

हार्दिकले ड्यानियल साम्सलाई दोस्रो र चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे । हार्दिक २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । श्रेयस ऐर १२ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि ओपनर शिखर धवन र विकेटकिपर लोकेश राहुलले ५.२ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्ड्रयु टाईले लोकेश राहुललाई मिचेल स्विपसनबाट ५२ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । राहुलले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

स्पिनर एडम जाम्पाले १२ औं ओभरको दोस्रो बलमा शिखर धवनलाई ३० रनमा स्विपसनबाट क्याच गराए । धवनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको चौथो सन्जु स्यामसन १० बलमा १ चौका र १ छक्का सहित १५ रनमा क्याच आउट भए ।

१७ औं ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई तीव्र गतिका बलर ड्यानियल साम्सले विकेटकिपर म्याथ्यु वेडबाट ४० रनमा क्याच आउट गराएपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो । कोहली २४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

मिचेल स्विपसनले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । ड्यानियल साम्स र एन्ड्रयु टाईले एक एक विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४।३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । टि नटराजनको बलमा ठूलो सट खेलेका सर्ट युवा ब्याट्सम्यान श्रेयस ऐरबाट डिप स्क्वायर लेगमा उत्कृष्ट क्याच आउट हुन पुगे । सर्टले ९ बलमा १ चौका सहित ९ रन जोडे ।

आठौं ओभरको अन्तिम बलमा वेड ५८ रनमा रन आउट हुन पुगे । वासिन्टन सुन्दरको बलमा वेडको क्याच कप्तान कोहलीले छोडेपनि स्टिभ स्मिथसँग तालमेल नमिल्दा रन आउट हुन पुगे । उत्कृष्ट सुरुवात दिलाएका उनले ३२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।

शार्दुल ठाकुरको १३ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल १३ बलमा २ चौका सहित २२ रनमा वासिन्टन सुन्दरबाट क्याच आउट हुन पुगेका थिए । युजभेन्द्र चहलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका स्टिभ स्मिथ हार्दिक पान्ड्याबाट ४६ रनमा क्याच आउट भए । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

Advertisement

मोइजेस हेनरिक्स १८ बलमा १ छक्का सहित २६ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस १६ र ड्यानियल साम्स ८ रनमा अविजित रहे । तीव्र गतिका बलर टि नटराजनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । तेस्रो टि २० खेल मंगलबार हुने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top