नारायणी नदीमा मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै

२१ मंसिर ७७, सोमबार

चितवन: नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी हाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो ।

मिनि पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले निर्माण पूरा भइसकेकाले उद्घाटनको दिन जुर्ने बितिकै तयारी पूरा गरेर सञ्चालन गर्ने बताउनुभयो ।

देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकाले मिनि पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । कँडेलले भन्नुभयोे, ‘क्रुजशीप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’ अहिले पानीजहाजलाई अन्तिम रंगरोगन दिने काम भइराखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गर्नुभएकाले समय नपाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ ।

Advertisement

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गतवर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि प्रमुख अतिथिको समय नमिल्दा उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो ।

मन्त्रीदेखि पार्टीका नेता तथा विभिन्न उच्चपदस्थ व्यक्ति चितवन आउँदा पानी जहाज हेर्न आउने गर्नुभएको छ । अतिथिहरुलाई जहाज चढाएर यसको अनुभव गराउँदै आए पनि खुला रुपमा सञ्चालन भने गर्न नपाएको प्रबन्धक कँडेलले बताउनुभयो । गृहमन्त्री रामबहादुुर थापा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरुले पानीजहाजको अवलोकन गरिसक्नुभएको छ ।

भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भएको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करिब ३५ करोड रुपैयाँ लागत लागेको जनाइएको छ । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।

क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा शयर गर्न चाहनेहरुले ब्रेकफाष्टसँगै क्रुजको मज्जा लिनेछन् । अपराह्न क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुजमा हुने जनाइएको छ । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु हुने यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । एकपटकमा दुई सयजनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, एकसय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजको भुइँतला वातावरण अनुकुलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।, याे समाचार गाेरखापत्र  दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top