विश्व समृद्धि यात्रामा नेपाल सहयात्री : परराष्ट्रमन्त्री ज्ञवाली

२२ मंसिर ७७, सोमबार

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसारको समृद्धिको यात्रामा नेपाल सहयात्री बनेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । उहाँले त्यसका लागि नवीन सोचका साथ विश्वभर फैलिएका नेपालीको योगदान जरुरी रहेको बताउनुभयो ।

Advertisement

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको ब्रेनगेन सेन्टरले आइतबार आयोजना गरेको उच्च शिक्षामा डायस्पोराको संलग्नता र सहकार्यका सम्भावना विषयक वेबिनारको तेस्रो शृङ्खलाको युरोप सत्रमा मन्त्री ज्ञवालीले नेपाल विश्वव्यापीकरणसँगै अगाडि बढेको यो अवस्थामा विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र अनुभवको योगदान आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार उच्च शिक्षाका लागि देशमा जुन तहको पूर्वाधार, संरचना र प्रणाली विकास गर्न सक्नुपथ्र्यो । तर त्यो गर्न नसकिरहेको परिप्रेक्ष्यमा हाम्रा ‘बेस्ट ब्रेन’हरू संसारभर पुगेका छन् । जसका कारण संसारका उत्कृष्ट संस्थासँग परिचित गर्ने नयाँ ढोका खोलिदिएको छ । त्यो ज्ञानलाई नेपाली डायस्पोरालाई नेपालको विकाससँग जोड्न चाहेको उहाँले स्पष्ट गर्नुभयो ।

Advertisement

पूर्णरूपमा आउन नसक्नेका लागि अर्को विकल्पका रूपमा अल्पकालीन समयका लागि आएर विश्वविद्यालय, स्कुल, क्याम्पस, अनुसन्धान लगायत विभिन्न परियोजनामा जोडिएर सहयोग गर्न सक्ने उहाँले औँल्याउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top