दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

२२ मंसिर, काभ्रे ।

Advertisement

काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा हिजो साँझ भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

विपरित दिशाबाट गईरहेको ना १२ प ७४२९ नम्बरको मोटरसाईकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाईकलबीच आपसमा ठोकिएर सो दुर्घटना भएको हो ।

Advertisement

घटनामा परी घाईते भएका तीन जनामध्ये धुलिखेल ४ का अनिल मगर र उदयपुर गाईघाटका सुवास आले मगरको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने चौतारा साँगाचोकगडीका विकास बस्नेतको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top