×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

चियामा एकपछि अर्को उपलब्धि

२२ मंसिर २०७७

२२ मंसिर, इलाम।

चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ ।

Advertisement
Advertisement

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् । नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन (इयु) मा दर्ता गरियो ।

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ । “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने । उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे ।

अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो । अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको छ । “स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।”

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो । चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपर्यो । अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्रभूषण बताउँछन् ।

भारत र अमेरिकाले लोगो स्वीकृत गरे पनि हालसम्म युरोपियन युनियनले भने स्वीकृत गरेको छैन । लोगो स्वीकृतिका लागि पठाउँदा युनियनले नेपाल र चियाको लोगो भएको ‘नेपाल टी हिमालयन’का नाममै प्रश्न उठाएको समेत सुनियो । त्यसैले युनियनबाट तत्काल लोगो स्वीकृति हुने छनक नदेखिएको व्यवसायी बताउँछन् तर यता बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराई भने इयुले यस्ता प्रश्न सोधेको भन्ने विषय आधिकारिक नभएको बताउँछन् । “मैले पनि यस्ता कुरा यदाकदा सुन्दै आएको छु तर आधिकारिक छैन”, डा भट्टराईले भने, “हामी प्रक्रियामै छौँ । दूतावासमार्फत सम्पर्क गरेर लोगोका विषयमा जानकारी लिएका छौँ । केही समयपछि काम हुन सक्छ ।”

लोगो मात्र होइन केही समयअघि नेपालकै एकमात्र ‘चिया परीक्षण तथा प्रवद्र्धधन केन्द्र’को शिलान्यास भयो । चियाको इतिहास झल्काउने र सबै उद्योगको चिया परीक्षण गर्ने उद्देश्यले यहाँस्थित सूर्योदय नगरपालिकामा केन्द्र बन्ने भएको हो । लामो रस्साकस्सीपछि बन्न लागेको यो कार्यालयका कारण पनि चिया क्षेत्रमा अर्को आशा पलाएको हो ।

केही दिनअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कार्यालयको शिलान्यास गर्नुभयो । प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोड लगानी गर्ने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ । भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसम्म रहने छ । विदेशी पर्यटन आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने छ ।

“प्रशोधन केन्द्रको निर्माणपछि चिया क्षेत्रमा थप प्रगति देखिने छ । एउटै गुणस्तरको चिया बाहिर (अन्तर्राष्ट्रिय बजार)मा लान सकिन्छ”, मुख्यमन्त्री राईले भने । चियाको इतिहास करिब लामो छ तर पछिल्ला प्रगतिले चियामा सुधार आएको देखिन्छ । विगतमा भएका प्रयास पनि पछिल्ला समयमा निकासमा पुगेकाले पनि प्रगति देखिएको हो तर यता बोर्डका कार्यकारी निर्देशक डा भट्टराई भने आफूले प्रगति देखिने गरी काम गरेकाले सफलता हात पार्दै लगेको बताउँछन् ।

Advertisement

हुन पनि भट्टराईको पदावधिमा चिया क्षेत्रमा सुधार देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणमा पनि चिया क्षेत्रमा त्यत्रो समस्या देखिएन । एक हप्ता जति चिया निकासी रोकिए पनि त्यसपछि सामान्य नै रह्यो । सधैँझैँ किसान र श्रमिकका समस्या पनि महामारीमा देखिएनन् । समस्या देखिए पनि पुरानै किसिमका देखिए । तीन महिना लामो बन्दाबन्दीमा समेत छिटफुट मात्र रोकिएर निकासी नरोकिएको चियाको जस लिँदै कार्यकारी निर्देशक भट्टराई आफूले चिया अत्यावश्यक वस्तु भएकाले बन्दाबन्दीमा पनि धेरै क्षेत्रमा समन्वय गर्दै चिया खुलाएको बताए । पछिल्लो आर्थिक वर्षमा चिया निकासी भने दोब्बरले वृद्धि भएको छ । रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top