४० लाख किसानलाई परिचयपत्र दिन्छौँः कृषिमन्त्री भुसाल

२२ मंसिर ७७, सोमबार
Share this
729shares

२२ मंसिर, भैरहवा ।

Advertisement

किसानलाइ परिचयपत्र दिने कृषि तथा पशुपन्छि बिकास मन्त्री घनश्याम भुसालले बताएका छन्  । रुपन्देही जिल्लाको सियारि गाउंपालिकामा ५ शय्याको अस्पतालको शिलान्यास गर्दै मन्त्री भुसालले कृषिको राम्रो प्रारुप देखिन ३ बर्ष लाग्ने बताए ।

३ बर्षमा हाम्रो काम देखिन्छ । राम्रो किसानको आधार देखिन्छ । मन्त्री भुसालले भने, ‘हामिले नितिगत रुपमा धेरै राम्रो काम गरेका छौं ।’

Advertisement

अहिले सम्म नेपालमा किसानको पहिचान र आधार नभएको हुँदा अब सरकारले किसानको गणना गर्ने मन्त्री भुसालले बताएका छन् । ‘ अहिले सम्म किसानको गणना भएको छैन, माघ महिना भित्रमा धेरै राम्रो काम गर्दै छौँ । हामी ४० लाख किसानलाइ किसानको परिचय पत्र दिंदै छौं । हामी आगामी माघ महिना भित्रमा २१ हजार गणक पठाउंदै छौं ।’- भुसालले भने।

गणकहरुले किसानको उत्पादन कति हुन्छ? धान तेल उत्पादन कति हुन्छ, मल बिउ कति चाहिन्छ , ऋण के कति चाहिन्छ सबै रिपोर्ट ल्याउने मन्त्री भुसालले बताए।

Advertisement

‘परिचयपत्रको आधारमा सेवा सुबिधा दिनेछौं । हामी चाडै नै लगत लिंदैछौं । हामी जब काम गर्न जांदैछौं केहि आलोचना हुन सक्छ’, मन्त्री भुसालले भने, ‘एउटा घर भत्काएर अर्को घर बनाउंदै छौं । यो नेपालले नेपालीले अहिले गर्ने काम हो ।’

कृषि मन्त्रालयको परिणामका हिसाबले आफुपनि सन्तुष्ट नभएको तर आउने जेनेरेसनको लागि राम्रो कामको सुरुवात गर्न लागेको मन्त्री भुसालले बताउंदै भने, ‘हामी जे गर्दै छौं राम्रो गर्दै छौं । जुन बाटोमा छौं राम्रो बाटोमा छौँ ।’

सियारि गाउँपालिका वडा नम्बर २ मैनहवामा अर्घाखाँची सिमेन्ट प्रालि बाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाखमा बन्न थालेको अस्पताल यही आर्थिक बर्षमा उद्घाटन गर्ने लक्ष्य रहेको अर्घाखाँची सिमेन्टका प्रबन्ध सन्चालक राजेश अग्रवालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top