राप्रपाका तीन अध्यक्षको एकै स्वर – राजसंस्था अपरिहार्य छ

२२ मंसिर, काठमाडाैँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् ।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताए। उनले भने ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाति व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’


पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए । अहिले नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशि लागेको बताए । उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिडीराखेका छन त्यसले हामीलाई खुशि लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’

राजसंस्था पुनस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको विषय भएको बताए । अहिले राजसंस्थाको पुनस्थापनाका लागि निस्किएको जनप्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको पनि थापाले बताए । उनले अब राजा आउ देश बचाउन भन्ने भन्दा पनि जनता आउ राजा ल्याउ देश बचाउ भन्ने बेला भएको बताए । उनले भने ‘अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि भन्न चाहन्छु । राजा आउ देश बचाउ होइन अब जनता आउ राजा ल्याउ देश बचाउ भन्नुपर्ने बेला आयो । राजाले आएर होइन जनताले आएर राजा ल्याउनुप¥यो अनि त्सपछि जनता र राजा मिलेर देश बचाउनु प¥यो । यो हो अहिलेको समयको माग ।’

अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पनि पार्टीले राजस्था र हिन्दु धर्मलाई पुनस्थापना गर्ने स्पष्ट एजेण्डा लिएर अगाडि बढेको बताए । उनले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवस्यक रहेको पनि बताए । उनले भने ‘हाम्रा एजेण्डाहरु स्पष्ट छन । त्यसमा कुनै दुविधा छैन । हामीले भनेका छौं की नेपालमा संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक छ ।’ राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा लिएर हिडदा धेरैले पछाडि जान थाल्यो भनिरहेको उल्लेख गर्दै अहिले पनि देशका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको स्पष्ट पारे । उनले भने ‘नेपालको राष्ट्रिय एकताको लागि, हाम्रा विविधताको बीचमा एकता गर्नका लागि एउटा निस्पक्ष राष्ट्र प्रमुखको आवश्यकता रहन्छ संवैधानिक रुपमा । त्यसकारण हामीले संवैधानिक राजसंस्था भनेका हौं ।’

कार्यक्रममा नेताहरुले केही समय यता स्वतस्फुर्त रुपमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापनाका लागि जनता सडकमा उत्रिएको र सबै राजनिितक शक्तिहरुले उत्सुकताका साथ हेरिराखेको बताएका छन् । यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अव पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने बेला आएको नेताहरुले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top