लागत वृद्धि, आयात प्रभावित

२२ मंसिर ७७, मंगलबार

काठमाडौं : अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको छ।

Advertisement

उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय अमेरिकी डलर पुगेको जानकारी दिए। पहिले चीनबाट एक कन्टेनर सामान कोलकाता बन्दरगाहसम्म आयात गर्दा १ लाख रुपैयाँ लाग्थ्यो। अहिले साढे ३ लाख रुपैयाँ तिर्दा पनि आयात गर्न सम्भव नभएको उद्योगपति राठीले बताए।

‘कन्टेनर ढुवानी खर्च वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धताले लागत खर्च तीन गुणाभन्दा बढीले बढेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर उत्पादन लागतदेखि उपभोक्ता मूल्यसम्म पर्ने नै भयो।’ राठीले प्लास्टिकका सामग्री बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्दै आएका थिए।

Advertisement

कोभिड–१९ को चर्को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले अक्टोबरदेखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको हो। नेपालको औद्योगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र तयारी सामान भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ। भारतबाहेक अन्य मुलुकबाट यस्ता सामग्री सामुद्रिक मार्गबाट भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहमा ल्याइन्छ। त्यहाँबाट रेल र सडक मार्गमार्फत नेपालको वीरगन्ज, विराटनगर, भैरहवालगायत स्थानमा उपलब्ध गराइन्छ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top