आज भारत बन्दः दिल्ली घेर्दै किसान

२३ मंसिर ७७, मंगलबार

२३ मंसिर, एजेन्सी ।
कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलनरत किसानले आज भारत बन्द गरेका छन् ।

Advertisement

केन्द्र सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनु पर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका हुन् ।

पञ्जाब, हरियाणासहितका किसान झण्डै दुई हप्तादेखि दिल्ली चलो आन्दोलन अन्तर्गत राजधानी दिल्लीका विभिन्न सीमामा धर्नामा बसेका छन् । उनीहरुलाई सरकारले दिल्ली प्रवेश गर्न दिएको छैन ।

Advertisement

अहिलेसम्म विभिन्न चरणमा भएका वार्तामा कुनै ठोस प्रगति भएको छैन । यहिबिचमा कानूनको विरोधमा किसानहरुले भारत बन्द गरेका हुन् ।

किसानको भारत बन्दमा विभिन्न राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । कांग्रेस र वामपन्थी पार्टीहरुसहित क्षेत्रीय राजनीतिमा बलियो रहेका डिएमके, टिआरएस, सपा, बसपा, आरजेडी, शिवसेना, एनसीपी, अकाली दल, आप, जेएमएमसहित कम्तिमा २४ राजनीतिक दलले भारत बन्दको समर्थन गरेका छन् । उनीहरुले किसानको माग सही रहेको बताएका छन् ।

Advertisement

किसान नेताहरुले आफ्नो आन्दोलनको समर्थनमा आएका सबै राजनीतिक दलहरुसँग यसको राजनीतिक रुपमा प्रयोग नगर्न अपिल गरेका छन् । किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शन पाल सिंहले भनेका छन्, ‘हामी बसै राजनीतिक दललाई हाम्रो मागमा समर्थन गरेकामा धन्यबाद दिन्छौँ ।

तर मंगलबारको भारत बन्दमा सबै दलले आफ्नो झण्डा–ब्यानर घरमै राखेर मात्रै किसानको समर्थन गरुन् ।’ गृह मन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशमा मंगलबारको बन्दको क्रममा शान्ति तथा संयम कामय राख्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत बन्द मंगलबार बिहान १० बजे सुरु भएर दिउँसो ३ बजेसम्म कायम रहने तर त्यस बेला पनि आकश्मिक सेवाहरुमा कुनै पनि प्रकारको अवरोध नहुने किसान नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top