बाइडेनले रोजे रक्षा मन्त्रीका लागि ६७ वर्षीय अस्टिन

२२ मंसिर ७७, मंगलबार

२३ मंसिर, एजेन्सी ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनको रक्षा मन्त्रीका रुपमा लोयड अस्टिनलाई चयन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अस्टिन अवकास प्राप्त आर्मी जनरल हुन् । ६७ वर्षका अस्टिन रक्षा मन्त्रालय पेन्टागनको जिम्मेवारी सम्हाल्ने पहिलो अश्वेत अमेरिकी हुने छन् ।

बाराक ओबामा प्रशासनमा अमेरिकाको केन्द्रीय कमाण्डको नेतृत्व गरेका जनरल अस्टिनको नियुक्तिका लागि सिनेटको स्वीकृति चाहिन्छ ।

Advertisement

राष्ट्रिय सुरक्षा टिम घोषणाको दुई हप्तापछि बाइडेनले रक्षा मन्त्रीका रुपमा अस्टिनलाई चयन गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बाइडेन र जनरल अस्टिनले अहिलेसम्म यसबारे सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेका छैनन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले रक्षा मन्त्रीमा बाइडेनले पेन्टागनकी वरिष्ठ अधिकारी मिशेल फ्लानोयीलाई चयन गर्ने दाबीसहितका खबर प्रकाशित गरेका थिए । उनी मनोनित भएको भए रक्षा मन्त्री हुने पहिलो महिला बन्ने थिइन् ।

Advertisement

गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । ट्रम्पले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा आउँदो जनवरी २० मा शपथ लिने छन्।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top