आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईंदै

२३ मंसिर ७७, मंगलबार

२३ मंसिर, काठमाडौं ।
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईंदैछ।

Advertisement

यसै अवसरमा नेपालमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको छ। ‘‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी पहिलो पटक नेपालमा गरिएको आयोजकको भनाइ छ।

कार्यशाला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजाल (साउथ एसिया कोलेसन) ले संयुक्त रुपमा गरेका हुन्।

Advertisement

संजालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले महिनावारीलाई विभेद र छुवाछुत नभई अब मानवअधिकारको दृष्टिकोणबाट बुझ्नुपर्ने बताइन्। दक्षिण एसियाली मुलुकहरुमा महिला अधिकारका क्षेत्रमा काम गरिरहेकी अधिकारकर्मी कमला भासीनले महिनावारीलाई हरेकले सकारात्मक सोचले हेर्नुपर्ने बताइन्।

पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जिल्लालाई मर्यादित महिनावारीको दृष्टिकोणबाट नमुना जिल्ला बनाउने प्रतिबद्धता जनाउँदै आफ्नै कार्यालयबाट त्यसको शुरुवात गरिसकेको बताइन्।

Advertisement

कार्यशाला गत जेठमा हुने भनिए पनि कोरोनाका कारण पछि सारिएको थियो। १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’ को अवसर पारेर कार्यशालाको आयोजना गरिएको हो।

कार्यशालामा २० देशका ४० जनाले लेखेको ‘मर्यादित महिनावारीःअ प्राक्टिकल ह्याण्डबुक’ पुस्तक पनि विमोचन हुँदैछ। आयोजकहरुका अनुसार  मर्यादित महिनावारीको विषयमा यो पहिलो पुस्तक हो।

कार्यशाला काठमाडौंस्थित पर्यटन बोर्डको हलबाट र भर्चुअल गरी दुवै माध्यमबाट भइरहेको कार्यशालाको व्यवस्थापन गरिरहेको राधा पौडेल फाउन्डेसनले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top