सरकारले तोकेकै समर्थन मूल्यमा धान बिक्री गर्न पाएपछि किसान हर्षित

२३ मंसिर, वीरगञ्ज । वीरगञ्जको पर्सामा सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारी समर्थन मूल्यमा किसानको धान खरिद गर्न थालेको हो ।

कम्पनीले धान किन्न थालेपछि किसानले धमाधम बिक्रीका लागि धान ल्याउन थालेका छन् । व्यापारीले दिनेभन्दा महँगो दाममा कम्पनीलाई धान बिक्री गर्न पाउँदा किसान पनि हर्षित भएका छन् । सरकारले तोकेका समर्थन मूल्यमा धान बिक्री गर्दा लगानी अनुसार उचित मूल्य पाएको किसानको प्रतिक्रिया छ ।

किसानले गाउँघरमा व्यापारीलाई बिक्री गर्दा सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ६र७ सय रुपैयाँ कम पाउँछन् । किसानले बाध्यतामा व्यापारीलाई धान बेच्नुपर्ने अवस्था छ ।

Advertisement

सरकारी समर्थन मूल्यमै व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि किसानले ट्याक्टर, अटो वा साना गाडीमा हालेर धान धमाधम वीरगञ्ज ल्याइरहेका छन् ।

कम्पनीले सोना मन्सुली धान समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिरहेको छ । ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो चामल खरिद गर्ने लक्ष्य उसको छ ।

Advertisement

प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा जिरा मसिनो धान कम्पनीले खरिद गर्ने भए पनि वीरगञ्जस्थित कार्यालयमा किसानले जिरा मसिनो धान ल्याएका छैनन् ।

कम्पनीले धान खरिद गर्न थालेको ११ दिनमा ४ हजार ५ सय क्विन्टल सोना मन्सुली खरिद गरिसकेको छ । मौसमले साथ दिएको हुनाले धानको सुख्खापन राम्रो रहेको कम्पनीका कर्मचारीहरुले बताएका छन् । कम्पनीसँग ६० हजार क्विन्टल धान भण्डारण गर्न सक्ने क्षमताको गोदाम छन् ।

नेपाल सरकारले तोकेको समर्थन मूल्यमा पर्सा र बाराका किसानको धान कम्पनीले खरिद गरिरहेको छ । एक किसानले ६० क्विन्टलसम्म धान कम्पनीलाई बिक्री गर्न सक्नेछन् ।

तर यसमा धान व्यापारी र विचौलियाहरुले चलखेल सुुरु गरेको गुनासो किसानले गरेका छन् । किसानसँग सस्तोमा धान खरिद गरेर कतिपयले किसानमार्फत नै महँगोमा व्यापार कम्पनीलाई बिक्री गरिरहेका छन् ।

त्यसका लागि उनीहरुले नक्कली किसान वा धान खरिद गरेकै किसानलाई मोहरा बनाउने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top