×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य हुँदैन : प्रधानमन्त्री ओली

२३ मंसिर २०७७

२३ मंसिर, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सुरु भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् ।

Advertisement
Advertisement

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा समसामायीक राजनैतिक घटनाक्रम र कोभिड नियन्त्रणमा सरकारको भूमिका लगायतका विषयमा छलफल भएको सहभागी दलहरूले बताएका छन् ।

बैठकमा सहभागी नेपाली काँग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सरकारले प्रभावकारी कार्य सम्पादन गर्न नसक्नु र कोभिड नियन्त्रणमा समेत असफल भएकाले वर्तमान राजनैतिक घटनाक्रम विकसित भएको भन्ने धारण आफूहरूले राखेको जानकारी दिए ।

डा. महतले वर्तमान शासन प्रणालीप्रति प्रश्न चिन्ह खडा गरी गरिएका र भइरहेका आन्दोलन प्रति काँग्रेस पार्टीको सहयोग नरहने भन्दै जनताका हकहितमा काम गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीहरूको सुझावलाई सकारात्मक रुपमा लिई सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको काँग्रेसका सह महामन्त्री डा महतले जानकारी दिए ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी थिए ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाश शरण महत सहभागी थिए।

Advertisement

त्यस्तै बैठकमा सङ्घीय समाजवादी पार्टीका तर्फबाट नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top