जनकपुर विमानस्थलमा बन्यो ४५ करोडको टर्मिनल भवन

२३ मंसिर, जनकपुर ।
निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्तभवनको उद्घाटन गरेका हुन् ।

Advertisement

टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताए । त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए ।

Advertisement

यस्तै जनकपुरलाई आकर्षक धार्मिक पर्यटकिय नगरिको रुपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि बताए । कार्यक्रममा प्रदेश नम्बर २ काउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकिय गतिविधि समेत बढ्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) कावरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताए । यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ साल देखि निर्माण शुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top