१२ वर्षमुनिका बालबालिका कोरोनाविरुद्धको खोपबाट वञ्चित

२३ मंसिर ७७, बुधबार

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीविरुद्धको खोप बनेको घोषणा भएपछि विश्वभर उत्साह छायो । खोप बनेको घोषणासँगै संसारभर यसको अर्डर दिने क्रम चलेको छ । अहिले बनेको भनिएको खोप भने १२ वर्षमुनिका बालबालिकाका लागि प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

डा. गौतमले दिनुभएको जानकारीअनुसार नेपालको सन्दर्भमा त्यसभन्दा माथिका कुल जनसंख्याको २० प्रतिशतलाई कोभ्याक्स भन्ने सुविधा छ । ग्लोबल भ्याक्सिन लाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन मिलेर नेपालका लागि उक्त सुविधा सृजना गरेका छन् । कोभ्याक्सले नेपालका लागि चाहिने २० प्रतिशत खोप न्यून शुल्कमा नेपाल भित्र्याउने भएको छ । यो नेपालका २० लाख मानिसका लागि प्रयोग गर्न सकिने भएको छ ।

२० प्रतिशत खोपमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने, फ्रन्ट लाइनमा बसेर काम गर्नेहरुलाई ३ प्रतिशत खपत हुने अनुमान गरिएको छ । त्यसैगरी १७ प्रतिशत ५५ वर्ष कटेकालाई दिने कार्यक्रम तय भएको छ । बाँकी ८० प्रतिशतहरुका हकमा आवश्यक प्रस्ताव तयार पार्ने, खोप तालिम, भण्डारणलगायतका क्षेत्रका लागि विभिन्न समितिहरु बनेका छन् । यो विषयमा दुई साताअघि नै मन्त्रिपरिषद्ले प्रस्ताव आह्वान गर्ने निर्णय गरिसकेको छ ।

Advertisement

सरकारले संयुक्त राष्ट्रसंघ, एनजीओ, आईएनजीओ, विदेशी दातृ निकाय, देशभित्रै सञ्चालनमा रहेका विभिन्न संघसंस्थाका साथै सरकारसमेत खोपका लागि अर्थव्यवस्थापन गर्न लागेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । सरकारले कोरोना संक्रमण शुरु भएपछि नेपालमा काम गर्ने दातृ निकायलाई नेपालमा गर्ने लगानीको २० प्रतिशत कोभिड १९ को क्षेत्रका लागि छुट्याउन आह्वान गरेको थियो ।

‘नेपालमा कोरोनाविरुद्धको खोप भित्रिँदा पनि आउँदा दिनको बजेटबाट २० प्रतिशत खोपका लागि छुट्याइदिनुस् भन्ने प्रस्ताव अघि सार्ने तयारीमा हामी छौं । यसका साथै खोप कुन कुन निकायलाई पहिला लगाउने र कसरी लगाउने भन्ने बिषयमा पनि क्षेत्र छुट्याएका छौं।’ –उहाँले भन्नुभयो।

Advertisement

नेपालले खरिद गर्ने खोप सस्तो, राम्रो, गुणस्तरीय, नेपालका लागि चाहिने जति दिने कम्पनीसँग नेपालले कुराकानी अघि बढाउने भएको छ । नेपालले यसका लागि जुन मुलकले उत्पादन ग¥यो त्यो मुलुकमा खोप लगाएको मात्रै खरिद गर्ने भएको छ । त्यसैगरी नियमनकारी विश्व स्वास्थ्य संगठनजस्ता निकायबाट स्वीकृत भएको खोप मात्रै नेपाल भित्र्याउने तयारी सरकारले गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कोलचेन मेन्टेन, भण्डारण, लागत खर्चलगायतका विषयमा विगतमा लगाइराखेको जस्तो डिग्रीको खोप पाइयो भने भण्डारण थप्ने तयारीमा सरकार लागेको छ भने माइनस २० र माइनस ७० डिग्रीको भण्डारण गर्नुपर्ने भयो भने त्यसका लागि छुट्टै संरचना बनाउने तयारीमा सरकार जुटेको छ ।

नेपालमा भित्रिने खोप कुन देशको हुन्छ र कसरी कुन साधनको प्रयोग गरेर भित्र्याउने भन्ने विषय प्रस्ट नभएकाले केमा कसरी ल्याउने र कति खर्च लाग्छ भन्ने एकिन छैन । तर सबै विकल्पहरु खुला राखिएको उहाँले बताउनुभयो । कोरोनाविरुद्धको खोप खरिद गरेर भित्र्याउनु, व्यवस्थित भण्डारण गर्नु, सबै नेपालीलाई खोप लगाउने कार्यका लागि झन्डै ६० अर्ब खर्च हुने डा. गौतमले दाबी गर्नुभयो ।

सुविधामा आउने खोप एकैपटक आउँछ, त्यसमा धनी देशलाई दिने गरिब देशलाई नदिने भन्ने हुँदैन भन्दै डा. गौतमले किनेर ल्याउने खोपमा भने सतर्क भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा भगवती तिमल्सिनाले लेखेकी छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top