शिक्षकको घाँटी रेटेर हत्याः लमजुङमा मुक्तिनाथ अधिकारीको हत्या भएको घटनाको झल्को

२३ मंसिर ७७, बुधबार

मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।

Advertisement

पाँच–सातजनाको अज्ञात समूहले मंगलबार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरी लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा लगी हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपरहण भएको करिब एक घन्टापछि जंगलमा बन्दुकको ठूलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीको भनाइ छ। श्रेष्ठको गोली प्रहारबाट नभई धारिलो हतियारले घाँटी रेटेर टाउकोमा लाठी प्रहार गरेर हत्या भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मेची–कोसी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै हत्याको जिम्मेवारी लिएको छ। विज्ञप्तिमा श्रेष्ठमाथि केही समयदेखि आफूविरुद्ध सुराकी गरेकोरसुरक्षाकर्मी बोलाई कारबाही गराएको आरोप पनि लगाइएको छ। यो घटनाले तत्कालीन माओवादी द्वन्द्वको समयमा लमजुङमा मुक्तिनाथ अधिकारीको हत्या भएको घटनाको झल्को दिएको छ। उतिबेला माओवादीले पनि अधिकारीलाई यसैगरी हत्या गरेका थिए।

Advertisement

घटनास्थलमा करिब आठ घन्टापछि दिउँसो ३ बजेतिर मात्रै प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा दुवै हात बाँधी उत्तानो परेकोरआधा भाग घाँटी रेटिएको तथा जमिनमा मडारिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो। घटनास्थलमा लाठी, श्रेष्ठले लगाउने टोपी, चप्पलरमोबाइल प्रहरीले फेला पारेको छ। ‘घटनास्थलमा मोरङ प्रहरीको टोली पुगिसकेको छ,’ प्रदेश १ का प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले भने, ‘मृतकको दुवै हात पछाडि बाँधेकोरघाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ। गोली चलेको आवाज सुनेका आधारमा गोली हानेर हत्या भएको जानकारी स्थानीयले दिए पनि मृतकको शवमा गोली प्रहार भएको देखिएन।’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरण गरी हत्या भएको सूचना आएको जानकारी दिए।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top