सन्तोष साह ‘बीबीसी मास्टर सेफ’को टप ८ मा

२४ मंसिर, एजेन्सी ।

Advertisement

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’ को सेमिफाइनल राउन्डभन्दा माथि अर्थात टप ८ मा पर्न सफल भएका छन् ।मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनलबाट उनी अघिल्लो राउन्डका लागि छनोट भएका हुन् ।

प्रतियोगिताको सेमिफाइनल राउन्ड प्रवेश गरेका १० प्रतियोगीलाई दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो । दुवै समूहबाट ४, ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउन्डमा पुरयाइएको हो । पहिलो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये तीन जना सिधै अर्को चरणमा लैजाने क्रममा सन्तोष पनि उत्कृष्ट तीनमै पर्न सफल भएका हुन् ।

Advertisement

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जितेका छन् । केही निर्णायकले सन्तोषको परिकार यसअघि कहिल्यै नचाखेको भन्दै प्रशंसा गरेका थिए ।

अब ८ जना सेमिफाइनलिस्ट प्रतियोगीबीच अर्को एक चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डका लागि ६ जना छनोट गरिनेछ । जुन शृंखला बिहीबार प्रसारण हुनेछ । प्रतियोगिताको फाइनल १७ तारिखमा हुनेछ ।

Advertisement

प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किरहेका छन् । अघिल्ला चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए । सिरहाको कर्जन्हा निवासी सन्तोष विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सम्भवत: पहिलो नेपाली सेफ हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top