ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

२३ मंसिर ७७, बुधबार

कालीकोट : कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ ।

Advertisement

ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो ।

त्रिपुरेश्वररनवदुर्गा जेभीले ३ वर्षभित्रै लाइन विस्तार सक्ने गरी आर्थिक वर्ष ०७३र७४ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँगको म्याद ०७६ साउनमै सकिएको विद्युत् प्राधिकरणले जनाएको छ । दैलेखबाट कालीकोटसम्म पोल गाड्ने काम सकिए पनि लाइन विस्तार अझै हुन नसकेको विद्युत् प्राधिकरण, प्रदेश कार्यालय सुर्खेतका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले बताए । ‘ठेकेदार लामो समयदेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘अहिलेसम्म दुल्लुबाट कालीकोटसम्म पोल गाड्ने काम मात्र सकिएको छ ।’

Advertisement

कर्णालीका कालीकोट, मुगु र जुम्लालाई राष्ट्रिय प्रसारणसँग जोड्ने गरी कम्पनीले करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म दैलेखको रामाघाटदेखि राकमसम्म १२ किलोमिटरमा मात्र लाइन तानिएको छ । गाडिएका पोल पनि ढल्न थालेको स्थानीयको गुनासो छ । प्रसारण लाइनको जिम्मा लिएका ठेकेदार राकेश अग्रवालसँग विद्युत् प्राधिकरणका मात्रै ७८ वटा ठेक्का छन् ।

उनले ठेक्का लिएका अधिकांश काम अलपत्र परेको विद्युत् वितरण केन्द्र, कालीकोटका प्रमुख मेघराज जोशीले बताए । ‘मान्मबाट अधिकांश गाउँमा पोल गाड्ने काम सकिए पनि राष्ट्रिय प्रसारण लाइनको काम पूरा नहुँदा स्थानीय अन्धकारमा बस्नुपरेको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट काम गर्न ताकेता गरिए पनि ठेकेदार सम्पर्कमा आएका छैनन् ।’

Advertisement

काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जानुपर्ने नेकपा नेता रमेश शाहीले बताए । उनका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ऊर्जामन्त्री भएका बेला कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको नीतिगत निर्णय भएको थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top