मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका बालुवा प्रशोधन उद्योग बन्द

२४ मंसिर, दाङ । दाङका दशवटा बालुवा प्रशोधन उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेका पाइएपछि बन्द गरिएका छन् ।

Advertisement

जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएको थियो । अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएका थिए ।

मापदण्ड विपरीत सञ्चालित तुलसीपुर क्षेत्रमा रहेको स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।

Advertisement

यस्तैगरी लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएका छन् ।

जिल्ला अनुगमन समितिले गएको कात्तिक अन्तिम हप्ता देखि मंसिर पहिलो हप्तासम्म अनुगमन गरी गएको मंसिर छ गते पत्रकार सम्मेलन गदै ती उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top