२०७५ देखि छुटेकाहरुलाई भत्ता प्रदान गर्न सरकारले ल्यायो अध्यादेश

२४ मंसिर, काठमाडौं ।

Advertisement

सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न सरकारले अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको हालै बसेका बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री पार्वत गुरुङले अध्यादेशका विशेषता जानकारी गराएका हुन्। मन्त्री गुरुङले भत्ताबाट बञ्चित हजारौं व्यक्ति लाभान्वित हुने गरी अध्यादेश ल्याइएको बताए।

Advertisement

अध्यादेशबाट विगतमा भत्ता पाएका तर २०७५ सालको ऐन जारी भएपछि भत्ताबाट बञ्चित भएका अपांग, एकल महिला र विदेशमा सेवा गरेर पेन्सन पाइरहेकाहरुलाई पनि भत्ता दिने बाटो खुलेको मन्त्री गुरुङले उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top