स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

२४ मंसिर ७७, बिहीबार

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ ।

साढे तीन वर्षअघि २०७४ साल वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । आयोगले एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका रिक्त पदमा उपनिर्वाचन गराएको थियो । यसपटक स्थानीय तहमा मात्रै पद रिक्त भएको विवरण आयोगमा आएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रालयबाट प्राप्त विवरणमा स्थानीय तहको अध्यक्ष दुई, उपाध्यक्ष एक र वडाध्यक्ष २६ गरी २९ पद रिक्त छ । खोलुखुम्बु र अर्घाखाँचीमा अध्यक्ष तथा भोजपुर जिल्लामा उपाध्यक्ष पद रिक्त छ । यसैगरी वडाध्यक्ष रिक्त भएका जिल्लामा सप्तरीमा तीन, सङ्खुवासभा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र बर्दिया जिल्लामा दुई–दुई वडाध्यक्ष पद रिक्त छन् । यस्तै पाँचथर, सोलु, सर्लाही, कास्की, म्याग्दी, रुकुम पूर्व, प्युठान, हुम्ला, जाजरकोट, बाजुरा, कञ्चनपुर जिल्लामा वडाध्यक्षको एक–एक पद रिक्त छ ।

Advertisement

यी रिक्त पदमा आगामी २०७८ वैशाख ३१ गतेभित्र उपनिर्वाचन भइसक्नुपर्छ । त्यसपछि उपनिर्वाचन हुन सक्दैन । स्थानीय तहको अवधि एक वर्ष बाँकी छँदा मात्रै स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । अब स्थानीय तहका जनप्रतिनिधिको अवधि करिब १८ महिना मात्रै बाँकी छ । ,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top