आगामी आइतबार राति मिथुन उल्का वर्षा अत्यधिक सक्रिय हुने

२५ मंसिर, काठमाडौं । उल्का वर्षा पुस २ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

Advertisement

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मिथुन उल्का वर्षा आउँदो आइतबार राति भने अत्यधिक सक्रिय हुनेछ।

गत शुक्रबारदेखि मिथुन उल्का वर्षा सक्रिय छ । त्यसरात ८ बजेदेखि भोलिपल्ट बिहान साढे ५ बजेसम्म उल्का वर्षा देख्न सकिनेछ।

Advertisement

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने अनुमान गरेको अध्यक्ष भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष भट्टराईले बताए।

Advertisement

उल्का वर्षाको समयमा उल्काहरू मिथुन राशिबाट निस्किएजस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको उनले बताए।

उल्का वर्षा हेर्न दूरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन। यसलाई साधारण आँखाले हेर्न सकिन्छ।

उनले भने, ’सोमबार राति औंसी भएको हुनाले आइतबार राति चन्द्रमा आकाशमा देखिने छैन। जसकारण उल्का वर्षा भएको प्रष्ट देखिन्छ। चन्द्रमाको प्रकाशले यसलाई छेक्ने छैन त्यसैले यो वर्ष उल्का वर्षा हेर्ने उत्कृष्ट समय हो।’

उनका अनुसार यो अरू उल्का वर्षा भन्दा भिन्न खालको छ। यो उल्का वर्षा अलि रंगीन खाले हुन्छ।

यही उल्का वर्षाको अवलोकन तथा तस्विरहरू खिच्न सोसाइटीको टोली बिहीबार पोखरा जाँदैछ।

त्यसैगरी देशका विभिन्न क्षेत्रमा रहेका सोसाइटीका सदस्यहरूले आआफ्नै स्थानबाट तस्वीरहरू खिच्ने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top