×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ ।
साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

“रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उनले भने ।

एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले वैदेशिक रोजगारले मुलुक विकासमा ठूलो योगदान पु¥याएको बताउँदै वैदेशिक कामदारलाई लक्षित गरेर एप सार्वजनिक गरेर राम्रो कामको शुरुवात भएको बताए । “यस्ता काम सरकारी क्षेत्रबाट हुनुपर्ने हो, निजी क्षेत्रले ढिलै भएपनि राम्रो काम गरेको छ,”– उनले भने ।

वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताए । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उनको भनाई थियो ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top