२४ घण्टामा थप १,२१७ नयाँ संक्रमित थपिँदा १,०६४ डिस्चार्ज

२५ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६४ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने २ लाख ३१ हजार ६ सय १ जना डिस्चार्ज भएका छन् ।

Advertisement

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले ५१५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १८ लाख १३ हजार २०४ जनाको पीसीआर परीक्षण गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top