दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(बल्ल जुर्याे मिति)
लामो अन्योलतापछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संवैधानिक परिषदको बैठक आहन/संवैधानिक नियुक्तिको कार्यसूचीसहित बस्ने परिषदको बैठक आगामी मंसिर २८ गते आइतबार बस्ने ।

२.(के पाक्दैछ कुन्नि ?)
भारतीय विदेश सचिव नेपाल भ्रमण गरेर फर्केको दुई हप्ता नबित्दै भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा / प्रधानमन्त्री केपी शर्मा ओली र चौथाइवाबीच शिष्टाचार भेटघाट ।

३.(प्रतिपक्षको तयारी)
मंसिर २९ गते ७७ वटै जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई नेपाली कांग्रेसको आव्हान /मोरङमा शिक्षक हत्या घटनामा संलग्नलाई कडा कारबाही गर्न माग ।

४.(कसरी आउँछन् राजा ?)
वैदिक सनातन हिन्दु राष्ट्र घोषणाको माग गर्दै काठमाडौंमा आज पनि प्रदर्शन /संवैधानिक राजसंस्था स्थापना गर्दै पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा जोड ।

५.(दिनहुँ बढ्दै)
नेपालमा २४ घण्टामा थप १२ सय १७ नयाँ संक्रमित थपिँदा १ हजार ६४ जना डिस्चार्ज/ हालसम्म १६ सय ६३ संक्रमितको मृत्यु /देशभर १२ हजार ३८६ सक्रिय संक्रमित ।

६.(बीमामा बहाना)
कोरोना बीमाको दाबी भुक्तानीका लागि आवश्यक सबै कागजात पेस गर्न बीमा समितिको आग्रह /सबै कागजात पूरा भए पनि नौ हजार ९० जनाको भुक्तानी भने अझै रोकियो ।

७.(अब उडेर भारत)
नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुल्यो/अब नेपाल एयरलाइन्स र एयर इन्डियाले एक– एक उडान भर्ने/भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न सक्ने ।

८.(सुन्ला त मन्त्रालयले ?)
आफूहरूसँगको सहकार्य भंग गर्ने निर्णय सच्याउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशित गरेको एनसिई नेपालको शिक्षा मन्त्रालयलाई आग्रह/नाफामुलक उद्धेश्य नराखी प्रतिवेदन प्रकाशित गरेको तर प्रक्रियागत त्रुटि भएको एनसिईद्वारा स्वीकार ।

९.(दुई दिन विदा)
सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिको सरकारलाई सिफारिस /व्यवसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउनका लागि परिवारलाई पर्याप्त समय दिन नपाएको अवस्थालाई सम्बोधन गर्नुपर्ने उल्लेख ।

१०.(अस्त्र निषेधको धर्ना)
आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुद्वारा नेपाल स्थित नौ वटा दुवातावास अगाडि एकैसाथ प्रदर्शन / युद्धले विनास बाहेक केहीपनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको अधिकारकर्मीको भनाई ।

११.(बेसारमा आकर्षण)
जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतीतर्फ आकर्षित बन्दै/बेसार खेती पकेट क्षेत्र विस्तार योजना अनुसार मधुवन नगरपालिकाको सहयोगमा किसानहरुद्वारा बेसार खेती शुरु ।

१२.(कहिले जुर्ला मिति ?)
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको भनाई /कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने ।

१३.(लाभग्राही नेपाली)
अमेरिकामा नेपालसहितका ६ मुलुकका टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) अन्तर्गत रहेका आप्रवासीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने ट्रम्प प्रशासनको निर्णय/नयाँ निर्णयले तीन लाखभन्दा धेरै नागरिक लाभान्वित हुने ।

१४.(खोपको प्रयोग)
फाइजर–बायोएनटेकले निर्माण गरेको कोभिडविरुद्धको खोप क्यानडाले पनि सर्वसाधारणका लागि प्रयोग गर्ने / आउँदो हप्ता अमेरिकाले पनि सो खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा ।

र,

१५.(आजको कोरोना)
कोरोना महामारीबाट हालसम्म विश्वमा १५ लाख ७८ हजार बढी संक्रमितको मृत्यु /६ करोड ९३ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ८१ लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top