×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या

२६ मंसिर २०७७

मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो। त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयकोे भनाइ छ।

विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिए पनि राम्रोसँग विकास भएको छैन। हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन्। ‘हामीले यहाँका नेता र सरकारसँग धेरै अघिदेखि सुरक्षाको माग गर्दै आएका थियौं। अहिलेसम्म यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनका लागि चासो देखाएका छैनन्,’ स्थानीय भन्छन्, ‘त्यसैले हत्याजस्तो अपराध भएको छ।’

Advertisement

मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ। ‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ ? अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए।

उक्त क्षेत्र पर्ने प्रदेशसभा सदस्य कुलप्रसाद सम्बाले त्यहाँका जनताले ठूलो तनाव र असुरक्षित महसुस गरिरहेको बताए। ‘घटनाअघि हामी त्यहाँ जाँदा सबै आउने, गफ गर्ने माहोल थियो, अहिले शून्यता छाएको छ। सडक विकासका क्रममा एक वर्षअघि तीनवटा एक्साभेटर जलाउँदा संघीय सरकारका गृहमन्त्रीकहाँ डेलिगेसन गएका थियौं र हामीले गृहमन्त्रीलाई नै भेटेर त्यस क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प राख्नुपर्छ भनेका थियौं,’ प्रदेशसभा सदस्य सम्बाले भने, ‘यहाँको अवस्थाको प्रधानमन्त्रीदेखि लिएर प्रायः सबै मन्त्रीलाई थाहा छ। आज त्यो कुराको सुनुवाइ नहुँदा यहाँका जनता असुरक्षित भए। यसको जिम्मा सरकारले लिँदै श्रेष्ठलाई सहिद घोषणा गर्नुपर्छ। यो विप्लवले नै गतिविधि गरेको हो भने सरकारले कानुनबमोजिम कारबाही गर्नुपर्छ।’

Advertisement

१० वर्षे द्वन्द्वकालमा पूर्व–पश्चिम राजमार्गको उत्तरी सबै क्षेत्र तत्कालीन माओवादीको आधार इलाका थियो। त्यस इलाकामा सुरक्षाकर्मीको उपस्थिति रहँदैनथ्यो। त्यतिखेर मोरङको उर्लाबारी र बेलबारी प्रहरी कार्यालयबाहेक अन्य सुरक्षा निकायको तैनाथी थिएन। दुवै कार्यालयले उत्तरी मोरङको सुरक्षा अवस्था हेर्थे। माओवादीको सेना, पार्टीका सम्पूर्ण गतिविधि र योजना त्यहाँबाट यस क्षेत्रका लागि सञ्चालन हुन्थ्यो। त्यहाँ सैनिक तालिम सञ्चालन, पार्टीका योजना निर्माण, हतियार व्यवस्थापनलगायत गतिविधि हुने गथ्र्यो। त्यस ठाउँमा हुने अपराधका गतिविधि रोक्न स्थानीयको मागलाई पूरा गर्न सरकारी निकायले चासो नदेखाउँदा अप्रिय घटना भएको सांसद सम्बाले बताए।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top