बालाचतुर्दशीमा देवघाट नआउन भक्तजनलाई आग्रह

२५ मंसिर ७७, शुक्रबार

२६ मंसिर, चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ । मंसिर २८ गते परेको यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी मंसिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै उक्त पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ ।

Advertisement

बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए ।

Advertisement

अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको उनले जानकारी दिए । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top