दुर्घटना बढेको भन्दै डोटीका ग्रामीण सडकमा राती गाडी चलाउन रोक

२५ मंसिर ७७, शुक्रबार

२६ मंसिर, डोटी । डोटीका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा रातको समयमा गाडी चलाउन बन्द गरिएको छ । राति गाडी चलाउँदा दुर्घटना बढेको भन्दै त्यस समयमा गाडी चलाउन बन्द गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटीले डोटीमा रहेका ग्रामीण सडकमा रातको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई एक ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझेसँगै प्रशासनले ग्रामीण सडकमा रातको समयमा गाडी चलाउन रोक लगाउँदै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

Advertisement

एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका ७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेस गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीका संयोजक डबल बोहराले बताउनुभयो ।

उनले भने, ‘यहाँका ग्रामीण सडक रातको समयमा गाडी चलाउन उपयुक्त छैनन् । जति दुर्घटना भएका छन्, ती सबै राति नै भएकाले दुर्घटना रोक्न भए पनि राति गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।’

Advertisement

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले ग्रामीण सडकमा रातीको समयमा कुनै पनि मालवाहक तथा यात्रु बोक्ने सवारी साधन (जीप) सञ्चालन कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारबाही गरिने बताए।

रातको समयमा गाडी चलाएकै कारण डोटीमा एक वर्षको अवधिमा १२ वटा ठूला दुर्घटना भइ २० जनाको ज्यान गएको र २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसैबीच गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारबाही गर्न माग गरिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top